विश्व

जम्मु काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

एजेन्सी । भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा ११ जनाको ज्यान गएको छ । झडपमा १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

घाइते हुनेमा ९६ जना सुरक्षाकर्मी तथा झण्डै ७० जना सर्वसाधारण रहेको सरकारी अधिकारीले बताएका छन् । शुक्रबार प्रहरीको कारबाहीको क्रममा चरमपन्थी संगठन हिज्बुल मुजाहिदीनका कमाण्ड बुरहान वानीको ज्यान गएपछि त्यसको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

भारतका गृहमन्त्री राजनाथ सिंहले शान्ती कायम राख्न सबैसँग आग्रह गरेका छन् । २१ वर्षका वानीको श्रीनगरबाट ४५ माइल पर अनन्तनागमा मारिएका थिए । वानीसँगै उनका दुई साथी पनि कारबाहीको क्रममा मारिएको प्रहरी अधिकारीले बताएका छन् ।

घटनापछि काशमिरका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासनले कफ्र्यू  आदेश जारी गरेको छ ।