विश्व

आत्मघाती हमलामा ३५ जना को मृत्यु

एजेन्सी– इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमलामा परी ३५ जनाको ज्यान गएको छ । आत्मघाती हमलासँगै गोली प्रहारबाट कम्तिमा ३५ जनाको मृत्यु भएको हो । इराकी सुुरक्षा स्रोतका अनुसार विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ ।
मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला भएकाहरु माझ आत्मघाती बम विस्फोट गराइएको थियो ।  बलाद शहरमा रहेको मस्जिदमा आत्मघातीले बम विस्फोट गराएलगत्तै गोली चलेको अधिकारीहरुले बताएका छन् ।