विश्व

इस्तानबुल आक्रमणमा १३ जनाको संलग्नता

एजेन्सी– टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भीषण आक्रमणमा १३ व्यक्तिको संलग्नता रहेको प्रहरी आइतबार ठहर गरेको छ ।
आरोपितहरुमा १० जना टर्कीज नागरिकहरु नै रहेका जनाइएको छ । सदिग्ध आरोपितहरु प्रहरीको हिरासतमा रहेका बताइएको छ । प्रहरीले यस आक्रमणको अनुसन्धान सुरु गरेदेखि हालसम्म २९ जना व्यक्तिलाई पक्राउ गरिसकेको बताइएको छ । एक हप्ता अगाडि भएको यस आतङ्ककारी हमलामा १९ जना विदेशीहरुसहित ४५ जनाको ज्यान गएको थियो । स्तानबुलको अतातुर्क विमानस्थलमा सो विस्फोट गराइएको थियो । यस आक्रमणमा घाइते भएकामध्ये अझ पनि ४९ व्यक्ति उपचारार्थ अस्पतालमा रहेका छन् ।