न्युयोर्क

नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनामा रक्तदान

न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टरले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । गत साता गरिएको रक्तदान कार्यक्रममा १३० जनाभन्दा बढिको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा वाणिज्यदूत कृशु क्षेत्री, फिप्ना अध्यक्ष लुईसाङ वाईवा तामाङ, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदान गर्ने सबैलाई नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने न्यूयोर्क च्याप्टरले वक्तव्य जारी गरी सबैमा आभार व्यक्त गरेको छ ।