न्युयोर्क

स्व. अम्बर गुरुङको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली

न्यूयोर्क । नेपाली सांगीतिक धरोहर अम्बर गुरुङको १३औं दिनको पूण्यतिथिको अवसरमा न्यूयोर्कको ज्याक्सन हाईट्समा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । नेपाली अमेरिकन कलाकार संघले जुन १८ तारिखमा नेपाली संगीतका धरोहर एवं नेपालको राष्ट्रगानको संगीत सर्जक अम्बर गुरुङको १३औं दिनको पूण्यतिथिको अवसरमा एक विशेष श्रद्धाञ्जली समारोहको आयोजना गरेको हो । गुरुङको ७८ वर्षको उमेरमा जुन ७ तारिखमा काठमाडौंमा निधन भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा स्व. गुरुङको सम्झनामा विभिन्न गीत तथा संगीत प्रस्तुत गरिएको थियो । त्यस्तै विभिन्न वक्ताहरुले स्व. गुरुङको योगदानको विषयमा चर्चा गरेका थिए ।