कला-साहित्य

गजल

त्यहाँ विकासको लहर चलोस् घरघरबाट ।
हो, देशको सुगन्ध आउनु पर्छ हरअधरबाट ।

श्रीमतीबिहिन बटुवाले चौतारामा बस्दै भन्यो
हे ईश्वर ! कहिल्यै नछुटाऊ पिपल यो बरबाट ।

किनाराबाट क्षितिजसम्म हेर्दा यस्तो लाग्यो
मान्छेले सिक्नु आवश्यक छ नदी र बगरबाट ।

ए हजुर ! कहिले मुक्त हुन्छ बुद्धको देश नेपाल
गरिबी, डकैती, हत्या, आतंक, धम्की र डरबाट ।

कति पाल्नु हुन्छ, हुर्काउनु हुन्छ विद्रोह, वैरभाव,
सिक्नुस् न अब त हिजोका विभत्स्य सफरबाट ।

–बज्रकुमार थुलुङ
हाल हङकङ