कला-साहित्य

तीन मुक्तक

आज भोलि मेरो समय खराब भएको छ
हाँस्न खोज्यो रुनै पर्ने दबाब भएको छ
पलपल जसको लागि एक्लै मर्दैछु यहाँ
उहीबाट सान्त्वनाको अभाव भएको छ ।

गाउँ र शहर हराएको मान्छे
खुसी र रहर हराएको मान्छे
म जस्तै होलान प्रवासमा कति
सुनौलो प्रहर हराएको मान्छे ।

आकासमा जबसम्म घाम जुन रहनेछन्
अम्बरका अमर गीत संगीत धुन रहनेछन्
युगौंयुग बाँच्नेछन् ति कालजयी सिर्जना
तिमी गयौ संगीतमा तिम्रा गुण रहनेछन् ।
भावपुर्ण श्रद्धाञ्जली स्वर्गीय अम्बर गुरुङप्रति....!

– दलवीरसिंह बराईली
सिन्धुपाल्चोक हाल यूएई