कला-साहित्य

साम्राज्ञीको भाउ एका एक किन बढ्यो ?

काठमाडौं । ड्रिम्सबाट ठूलो पर्दामा देखिएकी  नव नायिका साम्राज्ञी राज्य लक्ष्मी राणा महँगी सावित भएकी छन् । उनले जति डिमाण्ड गरेपनि निर्देशक तथा निर्माताले पैसा दिन तयार भएपछि उनी महँगी सावित भएकी हुन् । नयाँ हिरोइन भएर पनि पुराना हिरोइन भन्दा बढी पैसा लिनुले उनको काममा केही विशेष भएको चलचित्र निर्माताहरुको बुझाइ छ ।

उनको चलचित्र नगरीमा एका एक भाउ बढ्नुमा उनको अभिनय नै प्रमुख हो । सुन्दर अनुहार, अभिनयमा अब्बल, दर्शक मन मस्तिष्कमा बस्न सफल भएपछि रातारात उनको भाउ आकासिएको हो । त्यस्तै उनले जस्तो पायो त्यस्तै फिल्ममा नखेल्ने भएकाले पनि उनको भाउ आकासिएको हो ।

उनले जति डिमाण्ड बढाए पनि काममा उनलाई केही कमी आएको छैन । फिल्मको अफर दिन दुई गुना रात चौगुना जस्तै छ । केही समय अघि नेपाली फिल्म ड्रिम्समा देखा परेकी साम्राज्ञी फेरि चाडै नै अर्को फिल्ममा देखा पर्ने भएकी छन् । हुन त घोषणा भएको लामो समयपछि झरना थापाको चलचित्र ‘ए मेरो हजुर २’ निर्माण हुने सुरसार कसेकी भएपनि अहिले आएर उनले फिल्मको निर्माण गर्ने जमर्को कसेकी छन् । सोही फिल्मका लागि साम्राज्ञी अनुबन्धित भएकी हुन् ।

चलचित्रमा अभिनय गर्नको लागि साम्राज्ञीसंग सम्झौता भईसकेको निर्माता सुनिल कुमार थापाले बताए । साउन को १० गतेबाट फ्लोरमा जाने ‘ए मेरो हजुर २’ मा यसअघि नै नाजिर हुसेन र वुद्धी तामाङ अनुबन्धित भैसकेका छन् ।

चलचित्रमा बसन्त सापकोटाले संगीत रहने भएको छ । सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ लाई शिव रेग्मीले निर्देशन गरेका थिए भने ‘ए मेरो हजुर २’ लाई झरना थापाले निर्देशन गर्ने भएकीछिन् । जुन चलचित्रमा उनको डेब्यु निर्देशन हुने भएको छ । सुरुवातबाट नै चर्चामा रहेको ‘ए मेरो हजुर २’ मा कम समयमा लोकप्रियता कमाएकी साम्राज्ञीको उपस्थितीले झनै चर्चा चुलिएको छ ।

साम्राज्ञी ड्रिम्स डेब्यू हिरोईनले महंगो पारिश्रमिकमा फिल्म गर्न तयार भएको बताएकी छन् । २०६० को दशकमा बनेको फिल्म ’ए मेरो हजुर’को सिक्वेल दुई तीन बर्षदेखि नै बन्ने चर्चा चलेको थियो तर झरनाले डेब्यू निर्देशनमा आफूलाई निखार्दै कामको लागी तयार भएको बुझिएको छ ।

’प्रेमगीत’ हिरो प्रदिप खड्कालाई लिनको लागी झरनाले गरेको प्रयास भने सफल नभएको बुझिएको छ । पहिलो फिल्म ‘ड्रिम्स’मा अनमोल केसीको अपोजिटमा रहँदै अनमोलको अभिनयलाई नै माथ खुवाएर एकाएक चर्चामा आएकी साम्रज्ञीलाई पछिल्लो पुस्ताको उदाउँदो नक्षत्रको रुपमा लिइएको छ । फिल्मलाई बर्ष २०७३ भित्रै रिलिज गरिने बताइएको छ ।