न्युयोर्क

अनेसास रजतजयन्ती अमेरिकामा सम्पन्न

भर्जिनिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को रजतजयन्ती समारोह सम्पन्न भएको छ । विश्वभर ८० वटा च्याप्टर रहेको अनेसासको रजतजयन्ती समारोहमा अध्यक्ष पदम विश्वकर्मा, अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष डा. श्याम कार्की, अनेसास संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, अनेसास पूर्वअध्यक्ष गीता खत्री, अनेसास महासचिव गोवद्र्धन पूजा, समालोचक डा. खगेन्द्रप्रशाद लुईटेललगायत साहित्यकारहरू, आयोजक र अतिथिहरूको उपस्थिति रहेको थियो ।
उक्त समारोहमा अनेसासको इतिहास, रजतजयन्ती स्मारिका तथा अनेसासको प्रथम महिला सम्मेलन स्मारिका विमोचन गरिएको थियो । समारोहमा अनेसासको प्रबद्र्धनमा योगदान पु¥याउने व्यक्तित्वहरूको सम्मान, अनेसासका भावी दिशाबारे विचार गोष्ठी तथा कविता वाचन कार्यक्रमको आयोजना गरिएको थियो ।