न्युयोर्क

इतिहास रच्दै हिलारी क्लिन्टन

प्रथा मगर

न्यूयोर्क । अमेरिकी राष्ट्रपतीय चुनावको भिडन्त अव डेमोक्रेटिक पार्टीकी राष्ट्रपतीय उम्मेद्वार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पबीच हुने पक्का भएको छ । हिलारी क्लिन्टनले डेमोक्रेटिक पार्टीको प्राईमरी निर्वाचनमा बहुमत डेलिगेटस् (२,३८३) जितेपछि अमेरिकाको इतिहासमा राष्ट्रपतिको लागि प्राइमेरी निर्वाचन जित्ने पहिलो अमेरिकी महिला बन्न पुगेकिछिन् भने आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा उनी सम्भवतः पहिलो निर्वाचित अमेरिकी महिला राष्ट्रपति पनि बन्ने सम्भावना बढेर गएको छ ।

विश्वभर नै अत्यन्त लोकप्रिय पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमति हिलारी क्लिन्टन आफ्नो श्रीमानको बलबुतामा इतिहास रच्न आँटेकी होईनन् । उनी अमेरिकाकै नाम कहलिएकी वकिल र सफल राजनेत्री हुन् । उनी महिला र वालबालिकाहरुको हक अधिकारको लागि लड्ने अग्रणी विश्व नेता पनि हुन् । उनले सन् १९९५ मा बेईजिङमा सम्पन्न संयुक्त राष्ट्र संघको चौथो विश्व नारी सम्मेलनमा ‘वूमन्स राइट्स ईज हुमन्स राईट्स’ (महिला अधिकार मानव अधिकार हो) भन्ने हाल विश्व चर्चित भनाई व्यक्त गरेकी थिईन् ।

उता हिलारी र उनको पार्टी आप्रवासी समस्या समाधानको पक्षमा छ र आप्रवासी (ईमिग्रेन्ट) हरुलाई खुल्ला हृदयले स्वागत गर्नु पर्दछ भन्ने मान्यता राख्दछ भने रिपब्लिकन पार्टीका राश्ट्रपतीय उम्मेद्वार डोनाल्ड ट्रम्प आप्रवासी हरुलाई अमेरिकि भूमिमा पर्खाल खडा गरेर छेक्नु पर्दछ भन्ने मान्यता राख्दछन् । अमेरिका आप्रवासीहरुको रगत पसिनाले सिंचेको भूमि हो भन्ने कुरा उनी भुसुक्कै भूल्दछन् ।

अमेरिकालाई ‘मेल्टिङ पट अफ इम्मिग्रेण्ट’ तेसै भनिएको होईन । यहाँ संसार भरका मानिसहरुको बेरोकतोक बसोबास छ । यहाँ विविधतामा एकता छ । ‘डाईभर्सिटी ईज यूनिटी’ तेसै भनिएको होईन । अर्को कुरा, अमेरिकन ड्रिम भन्ने विख्यात भनाई त्यतिकै चलेको होईन । यो भूमिमा सबैभन्दा पहिले हजारौं वर्ष अघि नेटिभ अमेरिकनहरु साईबेरिया हुँदै यहाँ बसोबास गर्न पुगेका थिए । पन्ध्रौं सताब्दीको शुरुमा क्रिष्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएपछि युरोपियनहरु अमेरिकामा आफ्नो अमेरिकन ड्रिम पूरा गर्न र सुखजिलो जिवन जिउन अमेरिका ओईरिएका थिए ।

युरोपका गोरा जातिले अफ्रिकाका काला जातिका मानिसहरुलाई दासको रुपमा कज्याउन अमेरिका ल्याएका थिए । गोरा र काला जातिबीच विभेद र असमानताको ठूलो खाडल सृजना भएको थियो । तर समय क्रममा अमेरिका विश्वको सबैभन्दा धनी र सामरिक हिसाबले सबैभन्दा शक्तिशाली देश बन्न सफल भयो । काला जातिका आप्रवासी बुवा र गोरा आमाको छोरा बाराक ओबामा अमेरिकाको राष्ट्रपति बन्न सफल भए । अब पालो छ पहिलो महिला राष्ट्रपति निर्वाचित गराउने । अमेरिका र विश्व नै यो ऐतिहासिक दिनको अधैर्य प्रतिक्षामा रहेको छ ।