न्युयोर्क

डा. विनोद चौधरीको पुस्तक पुनः विमोचन

न्यूयोर्क । नेपालका पहिलो अर्वपति डा. विनोद चौधरीको ‘मेकिङ इट विग’ नामक पुस्तक विमोचन भएको छ । न्यूयोर्कमा विहिबार विशेष कार्यक्रमका बीच उक्त पुस्तक पुनः विमोचन गरिएको हो । फोक्र्स म्यागाजिनको अर्वपति सूचीमा सूचीकृत चौधरी नेपालका पहिलो अर्वपति हुन् । उनी विश्वका १४६० औं धनीको सूचीमा परेका थिए ।
४१२ पेज रहेको उक्त पुस्तकको मूल्य भारु ३९९ रहेको छ । उक्त पुस्तक पेङ्गुईन बुक्स इन्डियाले प्रकाशित गरेको हो । चौधरी चर्चित व्यवसायीका साथै पूर्व सभासद समेत हुन् । उनी आवद्ध चौधरी फाउन्डेशनले नेपालका भूकम्प प्रभावित विभिन्न क्षेत्रमा १० हजार घर निर्माण गरेको छ ।