न्युयोर्क

फिरोज स्याङदेनको ‘जिन्दगी असल छ’ सार्वजनिक

न्यूयोर्क । चर्चिक नेपाली गायक फिरोज स्याङ्देनको सोलो म्यूजिक एल्बम ‘जिन्दगी असल छ’ न्यूयोर्कमा विमोचन गरिएको छ ।
चर्चित पप गायक फिरोजको पहिलो एल्बम ‘फिरोज स्याङ्देन’ सन् २००७ मा विमोचन गरिएको थियो । गायक फिरोज चर्चित व्याण्ड ‘१९७४ एडी’ का को–फाउण्डर समेत हुन् । उनका चर्चित गीतहरुमा परेलीमा, सम्झि बस्छु, गुराँसै फूल्यो, च्याङ्वालगायत रहेका छन् । त्यस्तै तिम्रो सिन्दुर, चौबन्दि चोली, डाँडा पारीको उनी, बाँच अनि बाँच्न देऊ, कहिले कहिले र मिल्दैन कथाहरुलगायतका गीतहरु अहिले पनि सान्दर्भिक र चर्चित छन् ।