न्युयोर्क

नासो कन्युनिटी न्यूयोर्कको अध्यक्षमा लामगाडे

न्यूयोर्क । नासो कम्युनिटी न्यूयोर्क च्याप्टरको प्रथम अधिवेशनले रायन लामगाडेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । न्यूयोर्कमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा खेमराज रम्दाम, महासचिवमा राम गजमेर, सचिवमा विधाता पौडेल र कोषाध्यक्षमा विष्णुमाया परियारलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा करन सुनार, कमल विश्वकर्मा, पूर्ण सापकोटा, प्रशान्न रम्दाम, प्रेम सेन्चुरी र मोहन विश्वकर्मा चयन भएका छन् ।
नासो कम्युनिटीले न्यूयोर्कमा पहिलो राज्य च्याप्टर गठन गरेको हो । अमेरिकामा रहेका दलित, जनजातिको हक अधिकारका लागि सन् २००४ मा डिसी क्षेत्रमा स्थापित भएको संस्था विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय सस्था हो ।
कार्यक्रममा न्यूयोर्कस्थित महावाणिज्य दुतावासका वाणिज्यदूत कृशु क्षेत्री, उपवाणिज्य दुत प्रविण भट्टराई, नासोका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मा, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्वाङ, प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापा, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।