कला-साहित्य

देश छाड्दै गर्दा

गौतम सागर राई
कोलोराडो   

देश छोड्नुको पिडा त
मलाई पो थाहा छ
जसरि समयले
मान्छेलाई छोड्छ
बचेराहरु गुडमै
माउले छोड्छ
अनी एक्लिन्छ मन
अभाब , पिडामा
हो देश छोड्नुको
पिडा त मलाई पो थाहा छ ।

जसरि बिहानै पदेरिमा
गाग्रो भरी पानी भरिन्छ
रातो माटोले पोतीनछ पिडी
कलिलो घामले बनाएको
पहाडको सिमारेखा हरु
खोला , खोल्सी ,डाडाहरुले
छुटाएको बस्ती हरु
यहाँ पो सम्झनामा साच्चै
देश भेटिन्छ ।

वतास हरु जसरि
छितिज नाघेर जान्छन
बादलहरु फाटेर छुटिन्छन
हो त्यसरि नै म पनि छुटिएकोछु
खोलाहरु बाट छुटिएको
भङ्गलो जस्तै
मुल बाटो बाट छुटिएको
दोबाटो जस्तै
चौतारिको एक्लो
बर , पिपल जस्तै
आज देश छोड्नुको
पिडा त मलाई पो थाहा छ ।