न्युयोर्क

साईबरसेक्स: भिडियो च्याटमा नाङ्गिदा फस्नु होला है !

अहिले अमेरिकामा रहेका ६०–६५ वर्षका एक सुपरिचित नेपाली पुरूष ईन्टरनेटमा भिडियो च्याटबाट साईबरसेक्स गर्ने एक अपराधी सुन्दरीको फन्दामा परेका छन् । शुरूमा ती सुन्दरीले घरमा श्रीमति भएका यी ‘बृद्ध युवा’ लाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाईन् । यी सुन्दरीको ‘साथी अनुरोध’ लाई हाम्रा नेपाली दाजुले सहर्ष स्वीकार गरे । नगरून् पनि किन, सुन्दरीले जो अर्ध नग्न ट्याटु भरेको आकर्षक फोटो आफ्नो फेसबुकको प्रोफाइल  कभर फोटो बनाएकि थिईन् । सौभाग्यवश, ती सुन्दरीले मलाई पनि ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएकी थिईन् । मैले नचिनेको मान्छेलाई हत्तपत्त स्वीकार गर्दिन । म ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने नचिनेको व्यक्तिको फेसबुक वालमा गएर स्टाटस चेक गरेपछि मात्र स्वीकार गर्छु । तर विचरा तन बुढा भए पनि मन बुढा नभएका ती नेपाली दाजु भने ती सुन्दरीको चङ्गुलमा नराम्ररी फस्न यसरी पुगे । यी तन्नेरी बुढालाई फसाउने केटीको नाम हो – जुवान पिसो । र, उनले भिडियो च्याटमा ती सुन्दरीको सामुन्ने नाँगिदा पन्ध्र सय अमेरिकि डलर तिर्न बाध्य भएका छन् ।

इन्टर्नेटको प्रयोग गरी फेसबुक, स्काईप, ह्वाट्सअप, भाईबर जस्ता सामाजिक सञ्जाल र मेसेन्जरहरु मार्फत प्रत्यक्ष प्रसारण गर्ने लाईभ वेबक्याम भिडियो च्याटबाट एक अर्कामा नाँगिएर शरिर देखाउने र हस्तमैथुन गर्नेलाई ‘साइभर सेक्स’ भनिन्छ । नचिनेको ब्यक्तिसँग साइबरसेक्स गर्दा एक पक्षले उक्त नग्न भिडियोलाई रेकर्ड गरिदियो र त्यो भिडियो देखाएर पैसा असुर गर्न ब्ल्याकमेल गर्न शुरु ग¥यो भने त्यसलाई ‘सेक्सटोर्सन’ (Sextortion) भनिन्छ ।
हाम्रा नेपाली बुढा तन्नेरी ती सुन्दरीको लाईभ साइबर सेक्स भिडियो च्याटमा नाँगिदा सेक्सटोर्सनमा फस्न पुगेका हुन् । यो पङ्क्तिकारलाई ती सुन्दरीले ती नेपालीबाट १५ सय अमेरिकी डलर असुल गरी दिनु नत्र उनको साइबर सेक्स गरिरहेको नाँग्गो भिडियो सबै फेसबुकका साथीहरुको वाल र मेसेज इन्बक्समा हाली दिन्छु भनेर धम्की दिएकी थिईन् । ती सुन्दरीले यो पंक्तिकारलाई फेसबुक मेसेन्जरमार्फत सम्पर्क गर्नुको कारण ती नेपाली यो पङ्क्तिकारको फेसबुक साथी थिए । उनले धम्किको भरमा पैसा नदिने भएपछि ती सुन्दरीले मलाई सम्पर्क गरेकी थिईन् । मैले यस्तो कुरा बिना प्रमाण विश्वास नगर्ने बताएपछि ती अपराधी सुन्दरीले १ मिनेट ५२ सेकेण्डको ती सुन्दरीसँग ती नेपाली स्काईपमा नाँग्गो भिडियो च्याट गर्दै हस्तमैथुन गर्दै गरेको भिडियो रेकर्ड फाइल पठाएकी थिईन् । भिडियो देखेपछि मलाई एक छिन त विश्वासनै लागेन । सपनामा छु जस्तै भयो । त्यो उमेरमा पनि एक प्रतिष्ठित नेपाली साईबर सेक्स र सेक्सटोर्सनमा फसेको देख्दा बिरक्त लागेर आयो ।


भोलिपल्ट ती सुन्दरीले ती नेपालीले वेस्टर्न युनियनबाट ३ सय डलर पठाई सकेको र बाँकी रकम पठाउन सहयोग गर्नु प¥यो भन्दै मलाई ती नेपालीले वेस्टर्न युनियनबाट पठाएको रकमको रसिद र ती नेपालीले ३ सय डलर पठाएँ है भनेको स्काईप च्याटको स्क्रीनसट पनि पठाईन् । हेर्नुहोस् । घरमा आफू भन्दा १०÷१५ वर्ष कान्छी श्रीमति भएका यी नेपाली किन साइबर सेक्सको खराब लतमा लागे होलान् ? हैन, यसरी नै फसिएर लाखौं तिर्न बाध्य भएका अन्य नेपालीहरुले हिम्मत गरेर फेसबुकको वालमा अपरिचित केटी (या केटा) सँग भिडियो च्याट गरेर ननाग्गिन चेतावनी दिँदा दिँदै र विश्वभरका मिडियाहरुले साइबर अपराध, साईबर सेक्स र सेक्सटोर्सनबारे सुशुचित गराउँदा पनि अमेरिकामै बसेको सचेत मान्छे यसरी फस्नु बिडम्बना हो ।
अमेरिकी सरकारी सुरक्षा अनुसन्धान संस्था ‘एफबिआई’ ले आफ्नो वेबसाईटमा साईबर सेक्स र सेक्सटोर्सन सम्बन्धी बिभिन्न मुद्दाहरुबारे सविस्तार ब्लग प्रकाशन गर्दै सेक्सटोर्सन अपराधबाट बच्ने उपायहरु यस्तो सुझाएको छ:

Here are some things you can do to avoid becoming a victim:
-Never send compromising images of yourself to anyone, no matter who they are—or who they say they are=
-Do not open attachments from people you do not know.
-Turn off your electronic devices and web cameras when you are not using them=
-If you are receiving sextortion threats, you are not alone.
It is likely the perpetrator is an adult pretending to be a teenager, and you are just one of the many victims being targeted by the same person= Do not be afraid to talk to an adult and to call the FBI= Help us find these criminals and stop them from damaging young lives.
If you believe you are a victim of sextortion, or know someone else who is, call your local FBI office or toll-free at 1-800-CALL-FBI.

अरुले आफ्नो कम्प्युटर या फोन ह्याक गरेर आफूले रेकर्ड गरी राखेको नग्न भिडियो या फोटो चोरी हुनु र त्यसको आफु भिक्टिम बन्नु एउटा पक्ष हो भने आफू नै राजीखुशी साईबर सेक्समा संलग्न भएर जबर्जस्ती पैसा असुलीमा फस्नु अर्को पक्ष हो तर यी दुबै सेक्सटोर्सन नै हो । आफ्नो सामाजिक ईज्जत र पारिवारिक सम्बन्ध तपाईको क्षण भरको बहुली गल्ती र लापर्वाहीले एक क्लिकको भरमा धुस्नु खरानी बन्न बेर छैन । अपरिचित सुन्दरीको अघिल्तिर आफू लाईभ भिडियोमा नांग्गिदा यी नेपाली दाजु जसरी तपाई पनि फस्नुहोला, कति फसिसकेका होलान् । आफू पनि सचेत बनौं, अरुलाई पनि सचेत गराऔंं । सबैलाई चेतना भया ।

अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम’ का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।