कला-साहित्य

दिप्सनले बाबाहरुलाई बबाल नचाए ( भिडियो सहित)

काठमाडौं । यूवा गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश “ॐ नमः शिवाय” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीको शब्द, संगीत र आवाज रहेको उक्त गीतमा सञ्जिव बराइलीको एरेन्ज रहेको छ । पशुपतिका साधुसन्तहरुको विभिन्न क्रियाकलापहरुलाई भिडियोमा चित्रण गरिएको छ ।

श्री पराजुलीको छायाँकन र सम्पादन रहेको भिडियोलाई चर्चित गायक बादल प्रसाईले निर्देशन गरेका हुन् । भिडियोमा बादलको निर्देशकीय क्षमता अब्बल देखिएको छ । गायक दिप्सन क्षेत्रीको सोलो एल्बम “दीप” मा समाबेश ४ औं नम्बरको गीतको भिडियो हो, “ॐ नमः शिवाय” । योसँगै दिप्सनको एल्बम “दीप” मा “तिम्रो याद”, “अनिता”, “छम छम”, “यो माटो” र “बाल मतलब” बोलका गीतहरु रहेका छन् ।

यि सबै गीतमा शब्द, संगीत र आवाज गायक दिप्सनकै रहेको छ । झापामा जन्मिएका गायक दिप्सनले एल्बम “दीप” मा समाबेश “अनिता” बोलको गीत आफ्नो श्रीमतीका लागि कोरेका हुन् । श्रीमतीको नाम अनिता तामाङ्ग भएका कारण गायक दिप्सनले श्रीमतीको तारिफमा यो गीतको रचना गरेका हुन् ।

सानैदेखी गीत गाउन, डान्स गर्न मनपराउने दिप्सनले पहिलो पटक सोलो एल्बम “दीप” बजारमा ल्याएका हुन् । एल्बमको विषयमा बोल्दै गायक दिप्सनले आफ्नो अथक मेहेनतपछि बजारमा आफ्नो सोलो एल्बम “दीप” लिएर आएको जानकारी दिए । युवापुस्ताका दर्शक, स्रोताहरुलाई लक्षित गरेर आफुले “दीप” एल्बम बजारमा ल्याएको पनि गायक क्षेत्रीले बताए । उनका अनुसार “दीप” एल्बममा समाबेश अन्य गीतहरुको भिडियोहरु पनि विस्तारै निर्माण गरिनेछ । 

बाबाहरुको बेजोड अभिनय यस्तो छः–