विश्व

यी यौन पिपाशुलाई २२ वर्षको जेल सजाय

एजेन्सी । दुईसय बच्चालाई यौन शोषण गर्ने एक यौन पिपाशुलाई २२ वर्ष जेल सजाय सुनाइएको छ । ब्रिटेनको एक अदालतले ३० वर्षिय रिचर्ड हकलले सन् २००४ देखि २०१४ को समयमा मलेसियाका दर्जनौ बच्चाहरुलाई यौन शोषण गरेको भन्दै अदालतले २२ वर्षको जेल सजाय सुनाएको हो ।

उनले यौन शोषण गरेको बच्चाहरु ६ महिना देखि १२ वर्षका रहेको जनाइएको छ । ब्रिटिश नागरिक रिचर्ड हकलले मलेसियामा बच्चाको यौन शोषण सम्बन्धी ७१ वटा आरोप स्वीकार गरेका थिए ।

प्रहरीका अनुसार रिचर्डले करीब दुई सय बच्चाहरुलाई यौन शोषण गरेका थिए । यीनीहरुमा धेरै जसो मलेसियाको राजधानी क्यालालमपुरका गरिव बच्चाहरु थिए ।