विश्व

जिका प्रकोपबारे अध्ययन गर्न विज्ञको टोली ब्राजिलमा

एजेन्सी । जिका भाइरसका कारण ब्राजिलको रियो द जेनरियोमा हुने गृष्मकालीन ओलम्पिक प्रभावित हुने भएपछि अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले विज्ञहरुको टोली ब्राजिल पठाएको छ ।

अध्ययन टोलीले जीका भाइरस प्रकोपको विषयमा अध्ययन गरी ब्राजिलमा ग्रिमकालीन ओलम्पिक गर्न हुने वा नहुने विषयमा टुंगो लगाउने छ । डब्लुएचओले पठाएको टोलीलाई जीका भाइरको प्रकोपका विषयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

जिका भाइरसप्रति संवेदनशील बन्दै गृष्मकालीन ओलम्पिक खेलको समय वा स्थान परिवर्तन गर्न १५० चिकित्सक सहित केही वैज्ञानिक तथा विश्व समुदायबाट व्यक्त चासोलाई मध्यनजर गर्दै उक्त टेलीलाई ब्राजिल पठाइएको हो ।

जिका भाइरसबाट बढी प्रभावित ब्राजिलको दोस्रो सहरमा खेलको आयोजना गर्नु गैरजिम्मेवार र अविवेकी निर्णय हुने जनाउँदै विश्वभरका १५० जना डाक्टर, वैज्ञानिक तथा अनुसन्धाताद्वारा हस्ताक्षरित डब्लूएचओलाई सम्बोधन गरिएको खुला पत्रमा मे २७ गते आगामी अगस्टमा ब्राजिलको रियो दि जेनेरियोमा हुने भनिएको ओलम्पिक खेललाई स्थानान्तरण गरिनुपर्ने वा समयमा परिवर्तन गर्न अनुरोध गरेका थिए ।

उनीहरूले रियो ओलम्पिक स्थानान्तरण नगरिएमा यसबाट अहिलेसम्म जिका भाइरसबाट प्रभावित नबनेका अफ्रिका तथा दक्षिण एसियाली मुलुकका गरिब जनतालाई असर गर्ने जनाएका थिए ।

डब्लुएचओले वरिष्ठ वैज्ञानिक तथा चिकित्सकको टोलीलाई यसअघि चारपटक अध्ययनका लागि त्यहाँ पठाइएको छ । उनीहरुको अध्ययनले जिका भाइरसका कारण ओलम्पिकको समय वा स्थान सार्नुपर्ने आवश्यकता नदेखिएको बताएका थिए ।

डब्लुएचओका महानिर्देशक चाङले विज्ञबाट आएको चासोपछि अमेरिकी सिनेटर जिनी शहिनलाई पत्र लेखी जिका भाइरसको वर्तमान अवस्था र यसबाट खेलाडी र दर्शकमा पर्नसक्ने स्वास्थ्य खतराबारे अध्ययन गरी प्रतिवेदन बुझाउन अनुरोध गरेका हुन् । शाहिनले चाङको पत्रलाई शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

वर्तमान अन्तर्राष्ट्रिय चासोप्रति मध्यनजर गर्दै जिका आपतकालीन समितिलाई स्वास्थ्य खतराको स्थितिबारे अध्ययन गरी गृष्मकालीन ओलम्पिक ब्राजिलको राजधानीमा आयोजना गर्नुहुने वा नहुने निचोड निकाल्न आग्रह गरेको चाङले बताए ।

ब्राजिलमा सन् २०१५ देखि अहिलेसम्म करिब एक हजार ५ सय  शिशु लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने जिका भाइरसबाट सङ्क्रमित भएका तथ्याङ्क छ ।