विश्व

बन्दूकधारीको आक्रमणबाट १० जना मारिए

एजेन्सी । सोमालियाको राजधानी मोगादिशुस्थित एक  होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जना मारिएका छन् । ४० भन्दा धेरै मानिस घाइते भएका छन् ।
मृत्यु हुनेमा दुई सांसद पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । विष्फोटलगत्तै उनीहरु होटल प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको थिए ।
होटलमा सांसद र अन्य सरकारी कर्मचारी रहेको हुनाले ज्यान गुमाउनेहरु अधिकांश सरकारी कर्मचारी रहेको बताइएको छ । होटेलमा हमला लगत्तै चरमपन्थी संगठन अल शबाबले घटनाको जिम्मेवारी लिएको छ ।