विश्व

दुर्घटना हुनै लागेको डुङ्गाबाट १९ जनाको उद्धार

लन्डन ।  फ्रान्सको बाटो हुँदै बेलायत हिँडेकौ एक डुंगामा सवार शरणार्थीको उद्धार गरिएको छ । बेलायती सामुद्रिक सेनाले डुब्नै लागेको शरणार्थी सवार डुङ्गाबाट १९ जनाको सकुसल उद्धार गरेका हुन् । उद्धारपछि शरणार्थीलाई सीमा सुरक्षा बलको जिम्मा लगाइएको छ । शरणार्थीहरुबारे  छानविन शुरु गरिएको छ ।
डुंगा डुब्न लागेपछि उद्धारका लागि बेलायती सेनाको गुहार खोजिएको थियो । कालायसिस र डोभरको तटमा दुर्घटनाउन्मुख डुङ्गासहितका मानिसलाई खोज्दै अन्य डुङ्गाहरु तत्कालै त्यहाँ लगिएको उद्धामा खटिएको बेलायती सुरक्षाकर्मीले जनाएका छन् ।

आपतकालीन खोजीका लागि बेलायत तथा फ्रान्सले हेलिकोप्टरहरु समेत परिचालन गरेको थियो ।