विश्व

तालिवानद्वारा मुल्लाह मारिएको पुष्टि

अफगानिस्तान ।  सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको पुष्टि भएको छ । अफगानस्तिानमा विगतका वर्षहरुदेखि सशस्त्र विद्रोह र हिंसा मच्चाइरहेको सो संगठनका मुख्य नेताको मृत्युको समाचार केही दिनयतादेखि विभिन्न सञ्चारमाध्यममा आएको थियो । उनीहरुले आफ्नो वेभसाइटमा सो समाचारको आधिकारिकताको समाचार राखेका छन् ।

अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा ती मुल्लाह पाकिस्तानमा मारिएका हुन् । उनको हत्याको समाचार अमेरिकी सेनाले दिएको थियो । गतहप्ता भएको सो घटनाको पुष्टि हुन भने बाँकी थियो । सो समाचारको पुष्टि हुन बाँकी रहेको भनी अफगान सरकारले सुरुमा प्रतिक्रिया दिएको थियो । तर पछि लगत्तै उसले सो समाचारको पुष्टि गरेकोे थियो । उता अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने सो समाचारको गतहप्ता नै पुष्टि गरेका थिए ।

मुल्लाहको निधनसँगै अब अर्काे नेताको चयनका बारेमा पनि सो संगठनले प्रक्रिया अघि बढाइएको बताइएको छ अफगान सरकारले पनि त्यहाँका नागरिकको शान्तिको चाहनालाई सम्मान गर्नुको सट्टा मुल्लाह र उनका कमाण्डरहरुले अफगानिस्तानमा हत्या हिंसालाई नै निरन्तरता दिन खोजेको बताएको छ ।