कला-साहित्य

खलनायक भित्र लुकेको नायक अब बेलायतमा

काठमाडौं । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणको जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जंगे’ अब बेलायतमा प्रदर्शन हुने भएको छ । नेपालको सफल प्रर्दशनपछि ‘जंगे’लाई गैडा इन्टरटेनमेण्ट युकेले बेलायतमा प्रदर्शन गर्ने भएको हो ।
चलचित्र आउँदो शनिबार साँझ ५ बजे ह्यारोमा र  जुन ५ दिउँसो ३ बजे एलडरसटमा प्रदर्शन हुनेछ ।  ‘जंगे’साउथ इन्डियन शैलीमा निर्माण भएको चलचित्र हो । सञ्चारकर्मी एवं नायक सुरजसिंह ठकुरीले आधुनिक जंगेको भूमिका काम गरेका छन् ।
उत्कल थापाले निर्देशन यस चलचित्रमा सुरजसिंह ठकुरीसँगै ऋचा घिमिरे, दीपशिखा शाही, अनुप बराल, सुशीलराज पाण्डेलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । ‘जंगे’ खलनायक भित्र लुकेको नायक हो भन्दै चलचित्रले नेपालको राजनीतिक अवस्थालाई पनि देखाउन खाजेको छ । चलचित्रले नेपालमा निकै तारिफ पाएको थियो भने यसका गीतसंगीतले पनि निकै चर्चा कमाएको थियो ।