कला-साहित्य

‘लिटिल स्टार’ बन्ने होडमा १५ बालबालिका

काठमाडौं । ‘बागमती लिटिल स्टार–२०१६’को प्रतिस्पर्धामा १५ जना बालबालिका छनोटमा परेका छन् । बालबालिका केन्द्रीत सौन्दर्य प्रतियोगितामा ६ देखि १२ वर्ष उमेरका बालिबालिकाहरुको सहभागितका रहेको छ । द श्रीराज इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा कोरियोग्राफर विपना थापाले बालबालिकालाई प्रशिक्षण दिँदै आएकी छन् ।
कार्यक्रम निर्देशक सुनिल राजभण्डारीका अनुसार स्कुल अध्ययनरत बालबालिकाको प्रतिभा प्रस्फुटन तथा आत्मविकास र क्षमता बृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम संयोजक दीपिका थापाले प्रतियोगिताको फाइनल रामशाहपथस्थित योगेम्बर ब्याक्वेंटमा २२ जेठमा हुने जानकारी दिए । प्रतियोगिताले बालबालिकाभित्र रहेको अन्तर्निहित प्रतिभा प्रष्फुटन हुने अपेक्षा लिइएको छ ।