विश्व

ह्वाइट हाउस बाहिर गोली चल्यो

न्यूयोर्क । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको बाहिरको भागमा एक व्यक्तले अन्धाधुन्द गोली प्रहार गरेका छन् । प्रहरीका अनुसार मुख्य भवन नजिकै रहेको चेकपोस्टमा एकजना हतियार बोकेको व्यक्तिले गोली प्रहार गरेसँगै सुरक्षाकर्मीले जवाफी कारबाही थालेको हो । सुरक्षाकर्मीको गोली लागेर अन्धाधुन्ध गोली चलाउने व्यक्ति घाइते भएका छन् ।

गोलि चलेको समय राष्ट्रपति बराक ओबामा भने मेरिल्याण्डमा गल्फ खेलिरहेको र उपराष्ट्रपति भने ह्वाइटहाउसमै रहेको बताइको छ । गोली लागेर घाइते भएका व्यक्तिको उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।