विश्व

इजिप्ट एयरको विमान दुर्घटना

काठमाडौं । (एजेन्सी)–  पेरिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त भएको छ ।
बिहीबार बिहान पेरिसबाट उडेको सो विमान दुर्घटनामा परेको हो । सो विमानमा यात्रु र चालक दलका सदस्य समेतगरी ६६ जना सवार थिए ।  इजिप्टको समुद्री किनार र ग्रीकको एक द्वीपको बीचमा सो विमान दुर्घटनामा परेको जनाइएको छ । उद्वारकर्मीहरू सो विमानको भग्नावशेष भने भेटाउन सकेका छैनन् ।

विमानको दुर्घटना कसरी भएको हो वा त्यसमा बम विस्फोट गराइएको हो कि भन्ने बारेमा पनि विस्तृत अनुसन्धान गर्न छानबिन समिति गठन गरी अनुसन्धानको  जारी राखिएको छ ।

विमानमा अधिकांश इजिप्टेली र २६ जना विदेशी नागरिक थिए । विदेशीमध्ये १५ जना फ्रान्सेली रहेका थिए । विमानमा बेलायती र क्यानाडेली पर्यटक पनि रहेका थिए ।