विश्व

भारतीय प्रधानमन्त्री मोदी इरान जाँदै

काठमाडौं । (एजेन्सी)– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसैहप्ता इरानको भ्रमणमा जाने भएका छन् । उनको इरान भ्रमणका वेला महत्वपूर्ण सन्धी तथा सम्झौता हुने भारतीय सञ्चार माध्यामले जनाएका छन् । मोदी इरानसँग व्यापारिक सम्झौताका लागि त्यसतर्फ जान लागेको बताइएको छ ।
 सन् २०११ मा इरानमाथि नाकाबन्दी लगाइएपछि भने भारतको इरानमाथिको निर्भरता घट्दै गएको थियो । मोदीको भ्रमणपछि पुनः इन्धन आयातमा सफलता हात मिल्नेछ ।

प्रधानमन्त्री मोदी आगामी शनिबार इरान पुग्ने छन् । उनले सो भ्रमणका क्रममा इरानका राष्ट्रपति हसन रउहानीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

समाचार स्रोतका अनुसार यसअघि पनि आफुलाई आवश्यक पर्ने तेलको करिब ८० प्रतिशत तेल इरानबाटै ल्याउने गरेको भारतले यस पटकको भ्रमणका क्रममा पनि यस विषयमा सहमति हुने जनाएको छ ।
प्रधानमन्त्री मोदीको इरान भ्रमणको कार्यतालिका भएका कारण उनी नेपाल नआउने भएका हुन् । नेपालले भने यही हप्ता गर्न बुद्ध जयन्तिको अवसर पारेर गर्न लागेको विशेष कार्यक्रममा उनलाई निमन्त्रण पत्र पठाएको थियो ।