कला-साहित्य

भुवनलाई छोडेकी सुस्मिताको सहकार्य आकाशसँग !

काठमाडौं । नेपाली चलचित्रमा सफल निर्देशकको रुपमा स्थापित आकाश अधिकारी र अभिनेता भूवन केसीकी पूर्व श्रीमती सुस्मिता बम्जन (केसी)बीच सवाल जवाफ चलेको छ । यही सवाल जवाफको अहिले  फिल्म नगरीमा निकै नै चर्चा पछि छ ।

संयोग नै मान्नुपर्छ आकाश अधिकारीको पछिल्लो फिल्म शुक्रबारबाट प्रदर्शनमा आएको छ । जुन चलचित्रको नाम छ– ‘के म तिम्रो होइन र ?’ यता सुस्मिताले निर्माण गरेको चलचित्रको नाम छ– ‘म तिम्रै हुँ’ त्यसैले एउटाको प्रश्न छ त अर्कोको उत्तर । यो चर्चाको विषय किन पनि भयो भने शुक्रबारबाट आकाशको फिल्म प्रश्न सोधेको शैलीमा प्रदर्शनमा आयो–‘के म तिम्रो होइन र ? त्यसको केही दिनपछि अर्थात सोमबार नै उत्तर शैलीमा सुस्मिताको फिल्म ‘म तिम्रै हुँ’ को पोस्टर सार्वजनिक गरियो ।

वास्तवमा सुस्मिताले पूर्वपति भुवन केसीलाई टक्कर दिन ‘म तिम्रै हुँ’ फिल्मको निर्माण गरेको भए पनि संयोगले यस्तो बनाइदियो कि उनी त अब भुवन कि नभएर आकाशकी भएको जस्तो भइदियो । हुन त फिल्म हो । यहाँ जे–जे पनि हुन्छ र जस्तो पनि देखाइन्छ । भुवनसँगै भड्किएकी सुस्मिता के खाएर आकाशसँग सहकार्य गर्थिन र ? परिस्थितिले यस्तो बनायो जुन गसिप र रोमाञ्चको विषय भने अवष्य बन्यो ।  
भूवन केसीलाई टक्कर दिन सुस्मिता केसी अब फिल्मी मैदानमा उत्रिसकेकी छन् भन्दा फरक नपर्ने भएको छ । सुस्मिताले निर्माण रहेको चलचित्र ‘म त तिम्रै हुँ’ को पोस्टर सोमबार सार्वजनिक भएको हो । सार्वजनिक फस्ट लुकमा चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई स्थान दिइएको छ ।

अहिलेका युवा स्टार नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र साउन ७ बाट प्रदर्शनमा आउनेछ । चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको अभिनय देख्न पाइने छ । हुन त भूवनले ‘ड्रिम्स’को निर्माण ताका नै सुस्मिताले फिल्म निर्माण गर्ने विषयले चर्चा पाएको थियो । तर, भूवनको ड्रिम्स बजार आयो सफलता पनि कमायो । अब सुस्मिताको पोस्टर आएसँगै सुस्मिताले कत्तिको सफलता हात पार्ने हुन् भन्ने विषयले ठाउँ पाएको छ । भुवनलाई टक्कर दिन सुस्मिता आइन् भन्ने विषयमा उनले संयोगको संज्ञा दिएकी छिन् । उनले कता–कता संयोग मिलाउँछिन् त्यो भने सुस्मितालाई नै थाहा होला !