कला-साहित्य

अमरपँक्षीमा उडे मलाइका र सोनाक्षी !

काठमाडौं । शनिबार साँझ काठमाडौंको टुडीखेलमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र मलाइका अरोराका साथमा नेपाली कलाकारले धुम मच्चाए । टुडिखेलमा सजाइएको सानदार मञ्चमा नेपाली नायिका र बलिउड नायिकाले धमकेदार प्रस्तुति पस्किए । बलिउड नायिकाको प्रस्तुति हेर्न दर्शकले महँगो टिकट कुनै प्रवाह गरेनन् । सोनाक्षी र मलाइकाको प्रस्तुति हेर्न हजारौं संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

सैनिक श्रीमती संघको आयोजना र अल्पेन ग्लो इभेन्टको व्यवस्थापनमा भूकम्पपीडितको सहोगार्थ शनिबार सांगीतिक कार्यक्रम ‘अमरपँक्षी’ गरिएको हो ।
नेपाली कलाकारमा रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी, सुश्मा कार्कीलगायतले पनि विभिन्न नेपाली तथा हिन्दी गीतमा कम्मर मर्काए । बलिउड कलाकारले पनि नेपाली गीतमा प्रस्तुति दिँदा दर्शक दीर्घमा ताली र हुँटिङले माहोल नै बेग्लै बनेको थियो ।