कला-साहित्य

राष्ट्रकवि घिमिरेलाई ‘बेबिलोन स्रष्टा सम्मान’

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई बेबिलोन नेशनल उच्च मावि शान्तिनगरले यसैवर्ष स्थापना गरेको बेबिलोन स्रष्टा सम्मान २०७३ बाट सम्मान गर्ने भएको छ ।
बेबिलोन नेशनल उच्च मावि ब्रिटिस काउन्सिलबाट सन् २०१५ को इन्टरनेशनल स्कुल अवार्ड (आईएसए) बाट पुरस्कृत राजधानीको २० वर्ष पुरानो प्रतिष्ठित विद्यालय हो । नगद १५ हजार ५५५ राशि एवम् ताम्रपत्र सहितको सो सम्मान नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिमा झण्डै ७ दशकदेखि अथक र अनवरत रुपमा समर्पित रहनुभएका राष्ट्रकवि घिमिरेलाई उहाँकोे योगदानको उच्च प्रशंसा गर्दै प्रदान गर्न लागिएको हो ।
यही जेठ ७ गते विद्यालयले नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा आयोजना गर्न लागेको विद्यालयको वार्षिक पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई बेबिलोन स्रष्टा सम्मान २०७३ सर्मपण गरिने विद्यालयका प्रिन्सिपल राजु राईले बताउनुभयो ।