फोटो ग्यालेरी

कोरियन नायिकाको काठमाडौंमा...

काठमाडौं । गत बैशाखमा नेपालमा छायांकन गरिएको एक कोरियन फिलमका कलाकार यतिबेला पुनः काठमाडौं पुगेका छन् । नेपालमा उनीहरुले आफ्नो फिल्म प्रदर्शन गर्ने जमर्को गर्दै नेपाल आएका हुन् ।

गत बर्ष बैशाख १२ गते गएको विनाशकारी भूकम्पको पीडामै यी कलाकारहरुले नेपालमा फिल्म छायांकन गरेका थिए । उक्त फिल्मको करीब ७० प्रतिशत भागमा नेपालको सीन रहेको फिल्मका निर्देशक किम चुलहाङले बताए ।
हालै काठमाडौंमा भेटिएका किमले मिडयाकर्मीमाझ आफ्नो फिल्म ‘एभरग्रिन २०१४’को बारेमा केही जानकारी दिए । उनका अनुसार फिल्मले लामो समयदेखि राजनीतिक पीडाबाट ग्रसित कोरियन नागरिकहरुले पीडाका बीच गुजारिरहेको जीवन संघर्षको कथा समेटेको छ ।

कोरियन फिल्म नेपालमा खिच्ने वातावरण कसरी बन्यो भन्ने प्रश्नमा उनले भने– ‘कोरिया र नेपालको भौगोलिक बनावट मिलेको र पछिल्लो समयमा विश्वभरी कोरियनहरु छरिँदै गर्दा कोरियनहरु पनि नेपालमा रहेको बताउँदै नेपाल पहिलो रोजाइमा प¥यो ।’


 
निर्देशक र निर्मातासँगै नेपालमा रहेकी अभिनेत्री किम नाराले नेपाली वातावरण निकै मन परेको बताईन् । पुरानादेखि नयाँ सम्मका धेरै नेपाली फिल्म हेरेको भन्दै नेपाली साडीमा सजिएकी अभिनेत्रीले नेपाली गीत गाउँदै नेपालप्रतिको थप सद्भाव र माया दर्शाइन् ।
 
कोरियन ओपेरा गायिका समेत रहेकी अभिनेत्री किम नाराले आफ्नो नेपाल सुटिङको अनुभव सुनाउँदै सामाजिक हिंसा सहन नसकेर उन्मुक्ती खोज्न हिँडेकी एक युवतीको भुमिका आफुले निभाएको सुनाईन् ।
 
यो फिल्म नेपालको काठमाडौंको गोकर्ण, दक्षिण पर्वतको देउपुर, दोलखाको चरिकोट, र कास्कीको घाहाचोक र माछापुच्छ्रे बेसक्याममा खिचिएको छ ।
 
उनले फिल्मको काठमाडौंमा केही दिनमा ‘स्पेशल शो’ गर्ने तयारी भईरहेको जानकारी दिइन् । उक्त शो मा अभिनेत्री, निर्देशक तथा निर्माण टिमका काठमाडौंमा उपलब्ध सदस्यहरु सहभागी हुनेछन् ।