फोटो ग्यालेरी

सांस्कृतिक सुन्दरी बनिन् उरुषा

काठमाडौं । ‘संस्कृति सुन्दरी’ को ताज रानीबारी सामाखुसीकी उरुषा जोशीले जितेकी छन् । हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा उरुषाले २८ प्रतियोगीलाई उछिन्दै सांस्कृतिक सुन्दीरी बन्न सफल भएकी हुन् ।


उनले ताजसँगै चाँदीको ताज, भोक्सवागेनका तर्फबाट एक वर्षसम्मका लागि कार सेवा पनि जितेकी छन् । त्यस्तै,  रबिभवन, काठमाडौंकी १७ वर्षकी परिसी कारञ्जितले फस्ट रनरअपको उपाधिसहित विभिन्न उपहार हासिल गरिन् भने बिराटनगरकी २० वर्षीया बाला नेपालीले सेकेन्ड रनरअपसहित भिवर्स च्वाईस र मेनेजमेन्ट च्वाईसको उपाधि जित्न सफल भइन् ।

युहान ईन्टरनेशनल इभेन्टस्द्वारा आयोजित प्रतियोगितामा मिस ट्यालेन्टको उपाधि रोजमेरी रिजालले जितिन् भने बेष्ट पर्सनालिटीको उपाधि सोनाली हमालले, मिस कन्जिनियालिटीको उपाधि केनु प्रसाईले, पब्लिक च्वाईसको उपाधि सोना शेर्पाले, मिस फोटो जेनिकको उपाधि श्वेता मिश्रले प्राप्त गरे ।

सोही प्रतियोगितामा बेष्ट स्किनको उपाधि सुप्रिया श्रेष्ठले र बेष्ट वाकको उपाधि सुप्रभा कुँवरले जितिन् । संस्कृतिक संस्थानका अध्यक्ष उद्योग राईको सभापतित्वमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य निर्देशक बिजय मानन्धरले गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा पूर्वमिस नेपाल उषा खड्गी, चलचित्र निर्देशक दिनेश डिसी, अभिनेता गजित बिष्ट, द्धन्द्ध निर्देशक चन्द्र पन्त, कलाकार प्रभाकरदेब शर्मा, सुषमा महरालगायत थिए ।