फोटो ग्यालेरी

कराँतेमा नेपालका विशाकलाई स्वण

काठमाडौं । मलेसियाको पेराकमा जारी १३ औं अन्तर्राष्ट्रिय कराँतेमा  नेपालको प्रतिनिधित्व गरेका ११ वर्षीय बालक विशाकले स्वर्ण पदक हात पारेका छन् । ओकिनावा गोजु र्यू अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा विशाकले ११ वर्षमुनिको कुमिते तर्फको प्रतिस्पर्धामा मलेसियाका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।
स्वर्ण जित्ने क्रममा विशाकले मलेसियाका खेलाडीलाई २ का विरुद्ध ५ ले पछि पारेका थिए । यसअघि सोही प्रतियोगितामा नेपालका लागि काता तर्फबाट रोशन श्रेष्ठले रजत पदक जितेका थिए ।
दुबई र मलेसियाका खेलाडीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका उनले फाइनलमा इन्डोनेशियाका खेलाडीसँग ३–२ ले पराजित हुँदै रजत पदक जितेका थिए ।