कला-साहित्य

दिक्पालको सफलता, उत्कृष्ट दशमा छनोट

काठमाडौं । अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य तथा प्रतिभा प्रतियोगिता ‘मिस्टर ग्लोबल–२०१६’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गरिरहेका दिक्पाल कार्की ‘टप टेन’ मा पुग्न सफल भएका छन् ।
थाइल्याण्डमा जारी प्रतियोगितामा दिक्पाल ‘मिस्टर ग्लोबल’ मा नेपालकोतर्फबाट पहिलोपटक सहभागी भएका हुन् ।

उनले आफू टप टेनमा पुग्दा अत्यन्तैं खुसी लागेको बताएका छन् । २५ वर्षीय दिक्पालले यस प्रतियोगितामा थाइल्यान्ड, अमेरिका, कोरिया, चीन, अर्जे्टिना, ब्राजिल, क्यानाडा, भारतलगायतका देशका प्रतियोगीसँग स्पर्धा गर्दैछन् । दिक्पाल ‘मिस्टर काठमाडौँ–२००९’ को बिजेता हुन् ।

‘मिस्टर ग्लोबल–२०१६’ को अन्तिम स्पर्धा ८ मेमा हँदैछ । अभिनेता तथा मोडल दिक्पालले ‘रंग बैजनी’ र ‘च्याम्पियन’ चलचित्रका अलावा सयभन्दा बढी म्युजिक भिडियोमा  आफ्नो अभिनय देखाइसकेका छन् । ‘विश्वका चर्चित अनुहारसँग भिडन्त गर्नु निकै नै कठिन भए पनि उत्कृष्ट १० सम्म पुग्न सफल भएको छु’, दिक्पालले भने– कडा मिहिनेत र परिश्रमको फल मैले पक्कै पाउनेछु ।’ उत्कृष्ट १० भित्र पर्नसक्नु नै नेपालका लागि ठूलो उपलब्धि भएको उनको भनाइ छ ।