कला-साहित्य

भलिबल कोर्टदेखि चलचित्रको पर्दासम्म सिपोरा

काठमाडौं । राष्ट्रिय स्तरकी भलिवल खेलाडी सिपोरा गुरुङ अब चलचित्रमा नायिकाको रुपमा देखिने भएकी छिन् । भलिबल खेलमा उनको बेग्लै पहिचान समेत रहेकाबेला उनले  चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।
उनी चलचित्र ‘भुईमान्छे’मार्फत रजतपटमा डेब्यु गर्ने भएकी हुन् । चलचित्रको हालै एक कार्यक्रमकाबिच शुभमुर्हत गरिएको हो । दैनिक रुपमा लाससँग खेल्ने पोष्टमार्टमको काममा लाग्ने व्यक्तिको कथालाई फिल्ममा स्थान दिईने निर्माण पक्षले जानकारी गराएको छ ।

नवराज बुढाथोकीले निर्देशन गर्ने फिल्ममा मुख्य भुमिकाका रमेश बुढाथोकी र सिपोरा गुरुङ रहनेछन् । दैनिक रुपमा अस्पतालहरुमा लाशको पोष्ट मार्टममा काम गर्ने व्यक्तिको मनोविज्ञान र यो प्रकारको जीवनमा आईपर्ने आरोह आवरोहको यथार्थ कथालाई फिल्मले देखाउने निर्माण पक्षको दाबी छ ।

मुख्य भुमिकामा रहने भनिएकी सिपोराको भुमिका भने सस्पेन्स नै राखिएको छ । कार्यक्रममा बोल्दै सिपोराले आफु विश्वविधालयमा पढ्ने एक विधार्थीको भुमिकामा रहेको बताईन् । यस्तै कार्यक्रममा बोल्दै निर्देशक बुढाथोकीले फिल्मले चिकित्सा क्षेत्रमा विद्धमान विकृतिहरुलाई समेत पर्दाफास गर्ने बोले ।

फिल्म ‘भुईँ मान्छे’मा सम्राट सापकोटा, सानु ताम्राकार, प्रविण खतिवडा, तारा केसी, रोहिणी भट्टराई, सहिन प्रजापति, सहिन प्रजापति, आर्यन न्यौपाने, सौरभ ठकाल लगायतको पनि अभिनय रहनेछ । देवेन्द्र भट्टराईक संगीत रहने फिल्मलाई विदुर पाण्डेले खिच्नेछन् । अष्ट महर्जनको दन्द निर्देशन रहने फिल्मलाई सुनिल मानन्धरले वितरण गर्ने पक्का भईसकेको छ भने निर्मातामा हरि यादव र तीर्थ बोहरा छन् । फिल्मका कार्यकारी निर्माता भने रोहिणी भट्टराई हुन् ।