कला-साहित्य

सांगीतिक प्रस्तुतिसंगै सोलार वितरण

भक्तपुर, बैशाख । गत वर्ष बैशाख १२ गते गएको विनाशकारी भूकम्पको ठीक एक वर्ष पुग्दा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा आइतबार देशभर विविध कार्यक्रमहरु आयोजना गरिए । कही श्रद्धाञ्जली सभा, त कही द्वीप प्रज्वलन । यीनै र यस्तै कार्यक्रमहरुकाबीच हिकारी सङ गिफ्ट इन् नेपालले पनि एक पृथक कार्यक्रमको आयोजना ग¥यो ।
भक्तपुर दरबार स्क्वायर प्रांगणमा अपरान्ह ४ बजे सुमधुर लोक बाजाहरु घन्किए । एकै छिनमा विशाल जनमानसको भेला भयो, र सांगीतिक माहोलमै झुम्यो त्यो भेला । एक जापानिज महिलाले स्टेजमा आएर सबैलाई अभिवादन गर्दै भनिन्– ‘म यही दिनका लागि जापानबाट नेपाल आएकी हुँ ।’


उनी थिइन् जापानीज गायिका आवइ् सानु । जसले भक्तपुरका भूकम्प पिडितहरुका लागि  सहयोगार्थ सोलार बत्तीहरु जापानबाटै लिएर आएकी थिइन् । साथमा आफ्नो साँगितिक प्रस्तुति पनि । जापानिजहरु नेपाल आउनु र नेपाली जापान जानु कुनै नौलो घटना नभएपनि नेपालीहरुको पीडामा मल्हम लगाउने थोरै विदेशीहरुमध्येमा यी गायिकाले पु¥याएको योगदान साच्चै सह्रानीय बन्यो । र उनको प्रस्तुतिमा सघाउन सफल बन्यो हिकारी सङ्ग गिफ्ट इन् नेपाल ।


झण्डै तीन घण्टा अवधिको उक्त सांगीतिक कार्यक्रममा झिसमिसे साँझ पर्दै जाँदा उनै जापानी गायिकाले ल्याएका सोलार लाइटहरु बालिए  । सोलारको उज्यालोमा दरबार स्क्वायरको त्यो दृश्य अझ मनोरम बन्यो । त्यसमा जापानीहरुको सांगीतिक प्रस्तुतिले सुनमा सुगन्ध थप्ने काम ग¥यो । उक्त सांगीतिक प्रस्तुतिमा स्थानीय भैरवी व्याण्ड, मन्ड व्याण्ड, दत्तात्रय महिला धिमे समूहले पनि साथ दिए ।


जापानबाट आएका अन्यः कलाकारहरुले पनि एक पछि अर्को सांगीतिक प्रस्तुतिहरु दर्शकमाझ पस्के । तर मुख्यः आकर्षण भने गायिका आवइ् सानु नै बनिन् । जापानी भएर नेपाली गीत गाउँदा उपस्थित दर्शकको राम्रै साथ पाइन् । उनले चर्चित नेपाली लोक गीत रेशम फिरिरि गाउँदा कार्यक्रमको माहोल नै तात्यो । न्यू होप सोसाइटिको स्थानीय आयोजनामा गरिएको उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, किर्तिपुर र विशेष गरि मध्यपुर ठिमी र भक्तपुरबाट दर्शकहरु थिए ।


कार्यक्रममा गायिका आवइ् सानुले आफ्नो विशेष सिर्जना A Thousand Light-Shanti (हजार प्रकाश–शान्ति)को प्रस्तुति पनि दर्शकमाझ पस्किन् । त्यो क्षण उपस्थित सबै दर्शकहरु भावविह्वल बने । ‘1 year of devastation, an initiation to light a hope’ यही मूल सन्देशका साथ आयोजना भएको उक्त कार्यक्रमले भक्तपुरको पर्यटन उद्योगलाई पनि टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ । कार्यक्रममा भूकम्प पीडितहरुलाई सोलार वितरण गरियो ।

यी गायिकाले नेपालीप्रति देखाएको माया, सद्भाव र प्रेरणादायी कामले त्यहाँ उपस्थित सबै प्रफुल्लित बने । सरकारले समेत पीडितको व्यथा बुझ्न नसकिरहेका बेला जापानी गायिकाले लगाएको गुन तिर्न सक्ने क्षमता हामीमा नहोला तर पनि उनले चालेको प्ररणादायी कदमको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।