कला-साहित्य

सुष्मा फिल्ममा भन्दा लोकदोहोरीमा हिट

काठमाडौं । हट नायिका ताथ मोडेलको छवी बनाएकी अभिनेत्री सुष्मा कार्की पछिल्लो समय लोकदोहोरी म्युजिक भिडियोमै सीमित बनेकी छिन् । प्रेमी काण्डका कारण चर्चा र आलोचनामा मुछिने गरेकी सुष्मालाई फिल्म नफापे पनि लोकदोहोरीमा भने उनलाई भ्याइनभ्याइको अवस्था आउँछ । 
फिल्ममा लिन पनि निर्माता निर्देशक डराउने गरेका छन् । यद्दपी उनलाई लोकदोहोरीले भने थेगीरहेकै छ । सुष्माको गतिबिधि पछिल्लो समय फेसबुकको भित्तामा तस्बिर टास्दै र कहिले कसो लोकदोहोरीमा सेक्सी भूमिकामा अंग प्रदर्शन संगै अन्स्क्रीन रोमान्समा लिप्त हुने गरेकी छिन् । सुष्माको हट अबतारले भने लोकदोहोरी म्युजिक भिडियो उत्पादन कम्पनी र रोयल्टी बुझ्नेलाई भने निकै फाइदा गरेको छ ।
सुष्मा अभिनित प्रायस्लोकदोहोरी गीत सबै चर्चित छन् । यसो त केहि हदसम्म उनी अभिनित गीतलाई उत्ताउलो गीतको संज्ञा दिएका छन् । यसो हुदा सम्म पनि सुष्माले लोकदोहोरी गीतमा अभिनय गर्न छोडेकी छैनन् र अहिले आम्दानीको गतिलो श्रोत बनाइरहेकी छिन् । गत तीजका बेला सुष्मा ‘कनाइ देउन बाइ’बोलको गीतका कारण चर्चा संगै आलोचित बनिन् । उक्त गीतमा सुष्माले टिभी सिरियल ‘भद्रगोल’का कलाकार बले, कक्रोच र जिग्री संग रोमान्स गरेकी थिइन् । यस्तै सुष्माले बले र कक्रोच संग लोक गायिका रमिला न्यौपानेको एक गीतमा सेक्सी डान्स संगै रोमान्स गरेकी थिइन् । उक्त गीतमा सुष्माले आफ्नो भित्रि बस्त्र समेत खुलेरै देखाएकी थिइन् यसले उनलाई थप आलोचित बनाए पनि उनले भने चर्चा कमाएको सोच्दै अघि बढिन् । 
त्यस्तै फेरी सुष्मा अभिनित तथा प्रकाश कटुवाल र सरिता कार्कीको स्वर रहेको ‘मुख छोप्छौ लाजले‘’ बोलको लोकदोहोरी गीतमा उनले सेक्सी अबतारमै अभिनय गरेकी छिन् । यो गीत पनि अहिले निकै चर्चामा छ । बिशेष गरी भित्रि बस्त्र शो गरेकै कारण चर्चा र आलोचना खेप्ने गरेकी सुष्माका लागि अंग प्रदर्शन र भित्रि बस्त्र देखाउनु सामान्य लाग्ने भएपनि गीत संगीत र म्युजिक भिडियोमा त्यो शैलीले प्रस्तुत हुनु राम्रो पक्ष भने पक्कै नभएको दर्शकको आलोचना छ ।