कला-साहित्य

दयाहाङ र प्रियंका नै बने उत्कृष्ट

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा दुई पात्र दयाहाङ राई र प्रियंका कार्की बढी चर्चामा छन् । अभिनेता राई र अभिनेत्री कार्की सहभागी हुने गरेका कार्यक्रममा यी दुईका चर्तिकलाले सहभागीहरु पनि चकित हुने गरेका छन् । कहि कतै दयाहाङलाई देख्ने बितिक्कै प्रियंका हाम फालेर चुम्बन गर्न जान्छिन् । अनि कपाल मिलाईदिने देखि लिएर दयाहाङको हरेक कुरामा ख्याल गर्ने गरेकी छिन् । जुन कुरा कार्यक्रममा सहभागीहरुले नै देख्ने गरेका छन् । केही समय पहिले राजधानीमा आयोजित एक कार्यक्रममा समेत उनिहरुको यस्तै चर्तिकला देख्न पाइएको थियो । 

यति मात्र होईन फिल्मको सार्बजनिक कार्यक्रममा क्यामराकै अगाडी पनि प्रियंकाले दयाहाङको निकै ख्याल गर्ने गरेकी छिन् । यि दुईका सार्बजनिक तस्बिर हेर्दा प्रेम सम्बन्धमा रहेको हुन सक्ने संकेत समेत देखिन्छ । तर, दह्याङको बच्चा समेत छन् भने प्रियंका डिभोर्सी हुन् । यि दुईको यो रामलिला कहिले सम्म देख्न पाईने हो त्यो भने  हेर्न बाँकी छ । सार्बजनिक कार्यक्रममा दयाहाङ अलि सचेत हुन्छन् मिडिया संग तर, प्रियंकालाई मतलब छैन । उल्टै मिडियालाई बोलाई बोलाई दयाहाङ संगको तस्बिर खिचाउन मस्त हुने गर्छिन् ।
सेलिब्रेटीहरुबीच सामान्य रुपमा चुम्बन र हग गर्नु नौलो कुरा होईन तर,हरेक सार्बजनिक कार्यक्रममा प्रेमी प्रेमिकाको झै लिला देखाउनुले यि दुईबीच के खिचडी पाक्दैछ भन्ने प्रश्न सिर्जनासमेत गरेको छ । जसरी यी दुई जोडी हरेका कार्यक्रममा छुट्दन थे त्यसैगरी ०७२ सालभरीको अभिनयमा सफल हुनेमा पनि यी दुबै जोडी नै परे । अभिनेतामा दयाहाङको अभिनयलाई दर्शकले खुब रुचाए । उनी पहिलो नम्बरमा समेत पर्न सफल भए । त्यस्तै अभिनेत्रीको लिस्टमा पहिलो नम्बरमा पनि परिन् उनी प्रियंका । 
वर्षभरी प्रदर्शनमा आएका फिल्महरुमा धेरैले लगानी उठाउन नसके पनि दयाहाङ अभिनित चलचित्रले भने राम्रै व्यापार गरे । त्यसैले त पहिलो नम्बरमा पर्न सफल भए । रंगमञ्चबाट कलाकारितामा उदायका दयाहाङ कमेडी फिल्ममा सशक्त भूमिका निर्वाह गर्दै आएका छन् । उनको अभिनयमा दर्शक निकै नै लठ्ठ हुन्छन् । यता, अभिनेत्री प्रियंका कार्की पनि अभिनयमा अब्बल नै ठहरिन् । वर्षभरीमा उनी अभिनित फिल्महरु केहीले राम्रै चले, केही औसत र केही चलेनन् । फिलम नचलेपनि प्रियंका भने चलिन् । उनी वर्षभरीको उत्कृष्ट अभिनेत्रीको रुपमा स्थापित हुन सफल भइन् । 
यी सफल दुई अभिनेता र अभिनेत्री जसरी सामाजिक कार्यक्रममा चर्तिका देख्न पाइयो त्यसरी नै दर्शकले दिएको साथ पनि हेर्न पाइयो । अब आगामी दिन उनीहरुका कसरी अघि बढ्छन् । दर्शकको चाहनाबमोजिमका क्रियाकलाप भने पक्कै गर्छन् होला भन्ने विश्वास गर्न सकिन्छ ।