विश्व

पुर्वमन्त्री सहित सात जना विमान दुर्घटनामा मृत्यु

क्यानडा । क्यानडामा निजी विमान दुर्घटना हुँदा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु भएको छ ।
क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा क्यानडाका एक पूर्वमन्त्री र उनको परिवाकार अरु चार सदस्यसहित सात जनाको ज्यान गएको हो ।
विमान दुर्घटनामा पूर्व यातायात मन्त्री ५९ वर्षका जोन लापिएर, उहाँकी श्रीमती, उहाँका दुई भाई तथा एक बिहिनी र चालक दलका दुई सदस्यको ज्यान गएको हो ।
लापिएर क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए । उनले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए ।

लिस–डे–ला–माडिलिनी विमानस्थलमा हिमपात र हावाहुरी चलेका कारण विमान दुर्घटनामा परेको जनाईएको छ ।

पूर्वमन्त्री लापिएर बुवाको अन्तिम संस्कारका लागि जाँदै गर्दा विमान दुर्घटनामा परेको हो । (एजेन्सीको सहयोगमा)