विश्व

अफगानिस्ताको संसद भवनमा रकेट प्रहार

काठमाडौं । तालिबान बिद्रोहीले अफगानिस्तानको संसद भवनमा रकेट प्रहार गरेका छन् । संसदमा कार्यवाहक आन्तरिक मालिला मन्त्री बोल्न लागेका बेला तालिबान बिद्रोहीले संसद भवनलाई लक्षित गरी रकेट प्रहार गरेको सांसदले बताएका छन् ।

बिद्रोहीले प्रहार गरेको विस्फोटक पदार्थ संसद भवन बाहिर विस्फोट भएको थियो । अहिलेसम्म कोही घाइते भएको खबर नआएको सांसदलाई उध्दृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

तर तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदीले आक्रमणको जिम्मेबारी लिँदै धेरै मानिस घाइते भएको दाबी गरेका छन् । बिद्रोहीले तीन वटा रकेट प्रहार गरेको एक सांसदले बताएका छन् ।

तर उनीहरुले संसदको मुख्य भवनलाई भने लक्षित नगरेको ती सांसदले बताए । संसद भवनलाई लक्षित गरी प्रहार गरिएको रकेट लामो दूरीमा मार हान्न सक्ने हो वा होइन भन्नेमा विवाद रहेको छ । (एजेन्सी)