कला-साहित्य

लिटल स्टार बने प्रेरणा र आयुष

काठमाडौं । प्रेरणा भट्टराई र आयुष जोशी यस बर्षको ‘लिटल स्टार’ बन्न सफल भएका छन् । ईभेन्ट कम्पनी ई फर इन्टरटेनमेन्टले आयोजना गरेको ‘लिटल–स्टार बाल प्रतियोगिता’मा उनिहरु बिजयी भएका हुन् । छात्र र छात्रा गरी करिब २६ बालबालिकाले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा छात्राहरुमा प्रेरणा र छात्र तर्फ भने आयुष जोशी लिटल स्टार बन्न सफल भए  ।
उनीहरुले अवार्ड र बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगिताको फष्ट रनरअपमा सिनियर छात्रा तर्फ निश्मा भण्डारी र छात्रमा उत्कृष्ट पराजुली छानिए भने जुनियर तर्फ छात्रामा एड्रीना रिजाल फस्ट रनर अप बनिन । सेकेन्ड रनरअपमा सिनियर जुनियर तर्फ तीन बालबालिका सोभना प्याकुरेल, सुभा पाण्डे र सर्बज्ञ प्रसाई चुनिए ।
लिटल फोटोजेनिकमा अंकिता योगी र संदेश शाही, लिटल ह्यान्डसम प्रत्युस ठाकुर र ब्युटी बिजेता भईन् ।

आशिका थापा र आयुष जोशी बेस्ट पर्सनालिटी, सेंजल लिम्बु र रिजन चौलागाई बेस्ट पर्फमेन्स, श्रेृष्टि बराल र प्रत्युस ठाकुर बेस्ट ड्रेस, सभाना र आयुष एसमस किङ्ग अनि क्वीन भए । लिटल क्युट अनुष्का देवकोटा, इंटलिजेंट मानवी ठाकुर, बेस्ट स्माइल एड्रीना रिजाल, बेस्ट क्याटवाक सोनिया खड्का, मोस्ट डेडीकेट आबु झोछे, मोस्ट कंफीडेन्ट र मोस्ट इनरजेटिक प्राप्ती पोखरेल भईन् ।
२६ प्रतियोगीमा बिभिन्न चरणमा प्रतिष्पर्धा गराई लिटल स्टार चूनिएको उक्त प्रतियोगिताका निर्णायकहरुमा मोडल दिपक घिमिरे, अभिनेता मूकेश ढकाल, मोडल क्षितिजा शाक्य, म्यान हन्ट नेपाल मोडल निर्जन थापा, मिस युथ दिपिका केसी र संचारकर्मी समिर श्रेष्ठ थिए । कार्यक्रममा गायकहरु यम बराल, हिमाल सागर, गायिका स्मृति पोखरेल लगायत अतिथि थिए भने उनीहरुले आफ्नो प्रस्तुति समेत दिएका थिए ।
आयोजक संस्था ई फर इन्टरटेनमेन्टकी प्रमुख प्रियंका सिटौलाले साना बालबालिकालाई आत्मनिर्भर बन्न सिकाउन र मोड्लिंङको क्षेत्रमा भविष्य बनाउन सहयोग गर्ने हिसाबले लिटल स्टारको आयोजना गरिएको र आगामी बर्ष पनि यसलाई निरन्तरता दिइने सोच रहेको बताईन् । सो कार्यक्रमको इभेन्ट कोअर्डिनेटर प्रमोद बंशल रहेका थिए भने इभेन्टको कोरियोग्राफी जेनिशा तामाङले गरेकी थिइन् ।