कला-साहित्य

रामप्यारीमा रेखाको नयाँ रुप यस्तो

काठमाडौं । रेखा थापाको निर्माण तथा अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘राम प्यारी’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नयाँ बर्षको अबसर परेर यहि चैत्र २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रामप्यारी’ को गीत संगीत र यस अघि सार्वजनिक ट्रेलरले बजारमा राम्रै चर्चा बटुलेको छ । हालै सार्वजनिक ट्रेलरमा रेना नयाँ अवतारमा प्रस्तुत भएकी छन् । उक्त रुप पनि दर्शकले मन पराएका छन् ।
ट्रेलरमा सामबेश डैलग ,एक्शन र गीत संगीतले चलचित्र ‘रामप्यारी’ लाई बहुप्रतिक्षितको चलचित्रको रुपमा हेर्ने थालिएको छ । चलचित्र ‘रामप्यारी’मा रेखा ट्याम्पु चालक महिला बनेकी छिन् भने चलचित्रमा उनि दोहोरो भूमिका देखिदै छिन् । चलचित्रमा सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी पनि मुख्य भूमिकामा रहेका छन् । चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र ‘रामप्यारी’मा शिव ढकालको छायांकन, पटकथा जगदीश्वर थापाले लेखेका हुन् भने द्वन्द्व रोशन श्रेष्ठ र नृत्य निर्देशन रामजी लामिछाने, बसन्त सापकोटा, थानेश्वर गौतम र रेखा थापाको संगीत रहेको छ ।