विविध

संविधान संशोधन बनेन चुनावी मुद्दा

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेससहित मधेसवादी दलले संविधान संशोधनलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको ठहर कांग्रेससहितका दलको रहेको छ । तर बाम गठबन्धन भने संविधान संशोधनको विरुद्धमा देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ । गठबन्धनको घोषणापत्रमा संविधान संशोधन राष्ट्रहितको विपरीत राष्ट्रिय एकतालाई कमजोर पार्ने खालको रहेको छ ।
सविधान संशोधनको माग गर्दै मधेसमा लामो आन्दोलन भए पनि संशोधन हुन सकेको छैन ।