विविध

सात महिनाका बालक बेचिएको १८ दिनपछि आमाको काखमा

काठमाडौं, ३० असोज । आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । 
तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको काख फर्किएको छ । अपहरणमा परेका शुभम आमाको दुधको भरमा मात्रै बाँचिरहेका थिए । छिमेकी अपराधिको पञ्जामा परेका शुभम आफ्नो घर, परिवारबाट मात्र छुटेनन् उनी अर्को जिल्ला पुर्याइए । यो घटना भएको १८ दिनपछि प्रहरीले बालकको उद्धार गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय धनुषामा आमा सुनितादेवी यादवको काखमा खेल्दै गरेका शुभम निकै खुशी देखिन्थे । अबोध बालकको अनुहारमा १८ दिनपछि
आमासंग बस्न पाउँदाको खुशी प्रष्ट देखिन्थ्यो । आमा सुनिता पनि गहभरी आँसु बोकेर छोरालाई माया गर्दै थिइन् ।
धनुषा जिल्लाको कमला नगरपालिका ३ पर्सा निवासी महेन्द्र यादव र सुनिता यादवका सात महिनाका छोरालाई घरको छतमा सुतिरहेको अवस्थामा अपहरणमा परेका थिए ।
घरका मुखिया महेन्द्र यादव वैदेशिक रोजगारमा गएको एक्लै छोराछोरीलाई पाल्दै आएकी सुनिता छोरीसंग छतमा सुतेको बेला उनका छिमेकी ४२ वर्षीय वीरे भनिने वीरेन्द्र यादवले शुभमलाई उठाएर लगेका थिए ।
राति करिब १२ बजे आँख खुल्दा सुनिताले संगै सुतेको छोरा हराएको थाहा पाइन् । पछि खोजतलाश गर्दा पनि छोराको पत्तो नलागेपछि उनले प्रहरीलाई जानकारी गराएकी थिइन् ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना एक अर्की आमाको छोरा पाउने लोभमा घटाइएको तथ्य फेला परेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।