विश्व

अफगानिस्तानका दुई मस्जिदमा आइएसको आक्रमण, ७२ मारिए

अफगानिस्तान, ५ कार्तिक । अफगानिस्तानका दुई बेग्लाबेग्लै स्थानका मस्जिदमा भएका आक्रमणमा ७२ जनाको ज्यान गएको छ । गोर प्रँन्त र राजधानी काबुलका मस्जिदमा भएका आक्रमणमा अरु सैयौँ घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक शिया मस्जिदमा आत्मघातीले आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । आक्रमणकारीले मस्जिदमा प्रवेश गरी सुरुमा जथाभावी गोली चलाएको र पछि आफैँलाई विष्फोट गराएको थियो । आक्रमणका समयमा मस्जिदमा प्रर्थाना सभा चलिरहेका कारण ज्यान गुमाउनेको सङ्ख्या धेरै रहेको जनाइएको छ । अफगानिस्तनका शिया सम्प्रदायका अल्पसङ्ख्यक हजारा समुदायमाथी आक्रमण लक्षित रहेको स्थानीय अधिकारीले जनाएका छन् । काबुल आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । त्यस्तै, मध्य अफगानिस्तानको गोर प्रँन्तमा रहेको सुन्नी मस्जिदमा भएको आक्रमणमा ३३ जना मारिएका छन । सरकार समर्थक लडाकु समुहका नेतालाई निशाना बनाएर गराइएको आक्रमणमा अरु धेरै घाइते भएका छन् । अफगान राष्ट्रपति असरफ घानीले आक्रमणको निन्दा गरेका छन् ।