विश्व

रुसमा राष्ट्रपति पुटिनको जन्म दिनमा विरोध प्रदर्शन

रुस, २२ असोज । रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको जन्म दिनका दिन विरोध प्रदर्शन गरिएको छ । रुसका ८० शहरमा भएका विरोध प्रदर्शनबाट विपक्षी नेता एलेक्सेइ नभाल्नीका २५० भन्दा बढी समर्थक गिरफ्तार गरिएका छन् । नभाल्नीलाई सन् २०१८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न दिनुपर्ने माग प्रदर्शनकारीले राखेका छन् । विरोध प्रदर्शनको मूख्य थलो सेन्ट पीटर्सबर्गमा झडप हुँदा दर्जनौं गिरफ्तार गरिएको बताइएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनको ६५औं जन्मदिनका अवसरमा विरोध र्‍याली निकालिएको हो ।विपक्षी नेता नभाल्नीलाई सार्वजनिक बैठक गर्दा मान्नुपर्ने नियम उल्लंघन गरेको भन्दै बीस दिनका लागि जेलमा राखिएको छ ।
रुसी निर्वाचन अधिकारीहरु नभाल्नीको अर्को निलम्बित जेल सजायकै मार्च महिनामा हुने निर्वाचनमा नमाल्नी उम्मेदवार बन्न नपाउने बताइरहेका छन् ।पछिल्ला महिनाहरुमा रुसभर यात्रा गर्दै चुनावी अभियान चलाउँदै आएका नभाल्नीले पुटिनको गृह नगर सेन्ट पीटर्सबर्गमा हुने र्‍यालीलाई संबोधन गर्ने कार्यक्रम थियो ।
रुसको दोस्रो ठूलो शहर सेन्ट पीटर्सबर्गको प्रदर्शनीमा करुबि तीन हजार सहभागी रहेको र धेरैले ‘नभाल्नी २०१८’ लेखिएका ब्यानर बोकेका थिए । (एजेन्सी)