विश्व

थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा रहेको पुष्टी

बैंकक, २० असोज ।  थाई सैनिक सरकारले अपदस्थ गरी घरमै नजरबन्दमा राखिएकी थाई पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा यतिखेर दुबईमा रहेको पुष्टी भएको छ ।  थाई प्रधानमन्त्री प्रयुत चान ओचाले बिहीबार सो कुरा पुष्टी गर्नुभएको हाे । बिहीबार थाई विदेशमन्त्रालयको सूचनामा सो समाचारको पुष्टी भएको प्रधानमन्त्री ओचाले बताए ।
पूर्व प्रधानमन्त्री सिनावात्रालाई हालैमात्र थाइल्याण्डको सर्वाेच्च अदालतले उपस्थित हुन आदेश दिएको थियो । सोही बेला उहाँ अदालतमा हाजिर नभई दुबई भागेको अधिकारीहरुले जनाएका छन् ।   
पूर्व प्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले गतहप्तामात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । 
त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ ।