विश्व

उत्तर कोरिया संवादका लागि इच्छुक छैनः अमेरिकी विदेश मन्त्रालय

अमेरिका, १५ असोज । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरिया आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे कुरा गर्न इच्छुक नरहेको बताएको छ। यसअघि विदेशमन्त्री रेक्स टिलरसनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष संवादमा रहेको बताएका थिए।

‘उत्तर कोरियाली अधिकारीहरुले परमाणु कार्यक्रम त्याग्नेबारे कुरा गर्न तयार रहेको वा इच्छुक रहेको कुनै संकेत दिएका छैनन्,’ विदेश मन्त्रालयकी प्रवक्ता हेदर नाउर्टले एक वक्तव्यमा भनेकी छन्।