विविध

खुला सीमाबाट नेपाल छिर्दै रोहिंग्या मुस्लिम : नेपाल ‘सेफ जोन’

म्यान्मारको उत्तरी राखिन क्षेत्रबाट विस्थापित रोहिंग्या मुस्लिम शरणार्थी नेपाल(भारत खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गरेको पाइएको छ । म्यान्मार सरकारले रोहिंग्या विद्रोही तह लगाउन भन्दै सैन्य कारबाही तीव्र पारेपछि उत्तरी राखिनका मुस्लिम त्यहाँबाट छिमेकी मुलुकमा शरण खोज्दै छिरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
रोहिंग्याहरू अध्यागमन नाकामा पक्राउ पर्ने डरले खुला सीमा हुँदै नेपाल छिरेको र त्यसमा पहिल्यै नेपाल छिरेका रोहिंग्याको सहयोग रहेको पाइएको छ । सीमाबाट काठमाडौं आउँदासम्म राजमार्गमा प्रभावकारी सुरक्षा जाँच नहुँदा उनीहरू राजधानीको कपनस्थित शिविरसम्म निर्वाध पुग्ने गरेका छन् । नयाँ आगन्तुकलाई नेपाल(भारत ओहोरदोहोर गरिरहने रोहिंग्याहरूले सघाउने गरेका छन् ।
कतिपय रोहिंग्या मुस्लिम राम्रोसँग नेपाली बोल्न सक्ने भएकाले पनि सीमाका सुरक्षाकर्मी झुक्किने गर्छन् । भारतमा हजारौं तथा बंगलादेशमा लाखौंको संख्यामा रोहिंग्या मुस्लिम छन् । कपन बालुवाखानीमा शिविर बनाएका रोहिंग्याहरूले नेपाललाई ‘सेफ जोन’ का रूपमा लिनु र सरकारले उनीहरूको आवागमनलाई गम्भीर रूपमा नलिनुले समस्या जटिल बन्दै गएको सुरक्षा अधिकारी बताउँछन् ।
सुरुदेखि यहाँ बस्दै आएका रोहिंग्या अनुकूलतामा भारत आवतजावत गरिरहेको पाइन्छ ।
मुलुकको सीमा सुरक्षाको जिम्मा, सीमाबाट हुने अवैध गतिविधि र आवागमन सशस्त्र प्रहरीले हेर्दै आएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बाबुराम पाण्डेले रोहिंग्या मुस्मिलहरूको अवैध प्रवेशलाई रोक्न सबै बीओपी ९बोर्डर आउट पोस्ट०हरूलाई निर्देशन दिइसकिएको र बोर्डरमा पेट्रोलिङसमेत बढाइएको बताए ।