विविध

‘क्याडरु मात्रै न्यायाधीश सिफारिस

काठमाडौं, २९ भदौ ।  न्यायपरिषद्ले सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा कानुन व्यवसायीलाई समेट्ने परम्परालाई तोड्दै यसपल्ट ‘क्याडर' बाट मात्र सिफारिस गरिएको छ ।

सिफारिसमा कानुन व्यवसायीलाई पाखा लगाएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ ।आजको अन्नपुर्ण पोष्टले यो खबर लेखेको छ ।  

प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदाल सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गर्दै सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको छ ।