विश्व

उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध, चीन र रुस पनि सहमत

एजेन्सी, २७ भदौ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको छ । चीन र रुसले पनि सहमति जनाएपछि उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले ३ सेप्टेम्बरमा आफ्नो सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको थियो ।
त्यसैले उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउनुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । अमेरिकाले तयार पारेको मस्यौदामा चीन र रुससहित सबै सदस्य सहमत भएका थिए ।
उत्तर कोरियाबाट निर्यात हुने कपडा रोकिएको छ । यसअघि तेलमा निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने र उत्तर कोरियाका नेता किम जोन इनको सम्पत्ति रोक्का गर्ने विषयमा छलफल भएको थियो ।